
काठमाडौं, भदौ ३–नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा आज तीन खेल हुँदैछ।
ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा हुने उक्त प्रतियोगिताअन्तर्गत पहिलो खेलमा समूह ‘बी’ को बङ्गलादेश र सोही समूहको अफगानिस्तानबीच खेल हुनेछ। खेल ३ बजेपछि शुरु हुनेछ।
हिजो भएको पहिले खेलमा ती दुवै टोली पराजित भएका थिए। अफगानिस्तान तुर्कमेनिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो भने बङ्गलादेश उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो।
त्यस्तै आजै हुने दोस्रो खेलमा समूह ‘बी’ मा नै रहेको तुर्कमेनिस्तान र उज्वेकिस्तानबीच हुनेछ। खेल ५ बजेपछि शुरु हुनेछ। प्रतियोगितामा दुवै टोली लगातार दोस्रो जीत निकाल्ने दाउमा हुनेछन्। आजै हुने तेस्रो तथा अन्तिम खेलमा समूह ‘ए’मा रहेको कीर्गिस्तान र माल्दिभ्सबीच खेल हुनेछ । खेल ७ बजेपछि हुनेछ। सोमबार भएको पहिलो खेलमा कीर्गिस्तानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।
REGISTER IN 1XBET
PROMO CODE : STAKE

No comments:
Post a Comment