Recent Reviews

Tuesday, 27 August 2019

नेपालद्वारा डिफेन्डिङ च्याम्पियन बंगलादेश पराजित

काठमाडौं, भदौ १०-नेपाले जारी साफ यु–१५ च्याम्पियनसिपमा उत्कृष्ट पूनरागमन गर्दै फाइनल प्रवेशको सम्भावनालाई जीवित राखेको छ।

मंगलबार जित्नैपर्ने दबाबका साथ महत्वपूर्ण खेलका लागि मैदानमा उत्रिएको नेपाली युवा टोलीले साविक विजेता बंगलादेशलाई ४–१ ले हरायो। वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका कृष्ण अधिकारी यादवले दुई गोल गरेपछि नेपालको उत्कृष्ट जित पक्का भएको हो।
कृशनले खेलको ४५औं मिनटमा गोल गर्दै नेपालका लागि खाता खोलेका थिए। पहिलो हाफसम्म एक गोलले अघि रहेको नेपालले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भयो। नेपालका लागि दोस्रो गोल ५२औं मिनटमा सुगन जिमीले गरे।
यद्यपि खेलको ७९औं मिनटमा बंगलादेशका लागि मियाले एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे।  तर ८३औं मिनटमा प्रदिप लम्सालले नेपालका लागि तेस्रो गोल गरे भने ८८औं मिनटमा कृष्ण अधिकार यादवले नै व्यक्तिगत दोस्रो तथा नेपालका लागि चौथो गोल गर्दै टोलीको उत्कृष्ट जित पक्का गरे।
नेपालले अब फाइनल प्रवेशका लागि आफ्नो अन्तिम खेल बिहीबार भुटानसँग खेल्नेछ। नेपाल र बंगलादेशको नतिजासँगै आयोजक भारत फाइनलमा प्रवेश गरेको छ।

1XBET संग खेल्नुहोस र जित्नुहोस ।
पहिलो रेजिस्टर मा १०० यूरो बोनस पाउनुहोस् ।
प्रोमो कोड : STAKE

No comments:

Post a Comment

Pages