Recent Reviews

Thursday, 15 August 2019

युरोपेली सुपर कप फुटबलको उपाधि लिभरपुललाई



काठमाडौं, एजेन्सी, साउन ३०-च्याम्पियन्स लिग विजेता लिभरपुलले चेल्सीलाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै  युरोपेली सुपर कप फुटबलको उपाधि जितेको छ। बुधबार राति भएको निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। अतिरिक्त समयमा पनि २–२ गोलको बराबरीमा सकिएपछि खेलको नजिता टाईब्रेकरबाट निकालिएको थियो।
खेलमा सुरुवाती अग्रता चेल्सीले लिएको थियो। ३६औं मिनेटमा ओलिभर गिरोडले गोल गर्दै चेल्सीको उत्साह बढाए। उनले क्रिस्टियन पुलिसिकको पासमा पोस्ट् नजिकबाट गोल गरेका थिए। त्यसपछि जोसिएको लिभरपुलले दोस्रो हाफको सुरुवातमा बराबरी गोल फर्कायो। ४८औं मिनेटमा लिभरपुलका साडियो मानेले बराबरी गोल गरे। अतिरिक्त समयको ९५औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अगाडी बढाए। १०१औं मिनेटमा चेल्सीले पेनाल्टीको अवसर पायो। उक्त पेनाल्टीलाई जर्जिन्होले सदुपयोग गरेका थिए। त्यसपछि खेल टाईब्रेकरमा पुगेको थियो।
टाईब्रेकरमा लिभरपुलका सबै प्रहार सफल बनेको थियो। चेल्सी चारवटा प्रहारमा मात्र सफल बन्यो। पेनाल्टीमा चेल्सीका ट्यामी अब्राहम चुकेका थिए। अब्राहमको प्रहारलाई गोलरक्षक एड्रीएनले विफल पारेपछि लिभरपुल च्याम्पियन बनेको थियो। चेल्सी भने लगातार तेस्रो पटक फाइनलमा चुक्यो । लिभरपुलको यो यो लिभरपुलकोचौथो सुपर कप उपाधि हो। उस उपाधि स्पेनिस महारथि बार्सिलोना र इटालियन क्लब एसी मिलानले सर्वाधिक पाँच पाँच पटक जितेका छन्।
PROMO CODE : 1X_73310 

No comments:

Post a Comment

Pages