१ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको गुयाना ११ ओभरमा ८१ रन जोड्न २ विकेट गुमाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । उसका ओपनर ब्रान्डन किंग ३४ बलमा ५ चौका र ३ छक्का सहित ५१ रनमा अविजित रहे । चन्द्रपाल हेमराज २० रनमा आउट भए । बार्बाडोसका लागि सन्दीपले ३ ओभरमा २१ रन खर्चर १ विकेट लिए । जेडी ड्युमिनीको नाममा पनि १ विकेट रह्यो ।
त्यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बार्बाडोसले १९.२ ओभरमा अल आउट हुँदै १ सय ३८ रनमा समेटिएको थियो । बार्बाडोसका लागि जेपि ड्युमिनीले ३२ बलमा समान २ चौका र छक्का सहित सर्वाधिक ३८ रनको योगदान दिए । एलेक्स हक्स २४,जोश लालोर १०,जोसन चाल्र्स,जस्टिन ग्रीब्स,एलर्श नर्श,रायान रिफरले समान ११ रन जोडे ।
गुयानाका म्यान अफ द म्याच बनेका क्रिस ग्रिनले ३.२ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । इमरान ताहिर २,किमो पल,रोमारियो शेफर्ड,सोएब मलिक र ओडियन स्मिथले समान १ विकेट लिए ।
सन्दीपको ३ ओभर यस्ते रह्यो
सन्दीपले चौथो ओभरमा ८ रन खर्चिए । पहिलो डट र दोस्रो बलमा १ रन खर्चिए । तेस्रो बलमा चन्द्रपाल हेमराजले सन्दीपलाई छक्का प्रहार गर्दा चौथो,पाँचौ डक र अन्तिम बलमा १ रन दिए ।
सन्दीपले ८ औं ओभरमा १ विकेट लिएर ४ रन खर्चिए । पहिलो बलमै सन्दीपले हेमराजलाई आफैं क्याच लिदै २० रनमा पेभिलिएन फर्काए । तेस्रोमा शिम्ररोन हिटमायर र चौथो बलमा किंगलाई समान १ रन दिए । चौथो डट पाँचौ र छैटौं बलमा १–१ रन खर्चिए ।
सन्दीपले १० औं ओभरमा ९ रन खर्चिए । पहिलो डट र दोस्रो बलमा सोएव मलिकलाई १ रन दिए । तेस्रो र चौथो बलमा डट राखेपनि किंगले पाँचौ र छैटौं बलमा लगातार चौका प्रहार गरे ।
1XBET संग खेल्नुहोस र जित्नुहोस ।
पहिलो रेजिस्टर मा १०० यूरो बोनस पाउनुहोस् ।
प्रोमो कोड : 1x_82173
 
 


 
 
 
 
 
 
 
 
No comments:
Post a Comment