चोटका कारण चाइनिज ताइपेइविरुद्ध खेल गुमाएका अजित भण्डारी र फरवार्ड नवयुग श्रेष्ठ टोलीमा फर्किएका छन् । यसअघि पहिलो खेलमा कुवेतविरुद्धको २३ खेलाडी नै अष्ट्रेलिया प्रस्थान गर्नेछन् । ताइपेइविरुद्ध विमल राना र रवी सिलवाल प्रस्थान गर्ने भनेपनि रवी भिसा नआएका कारण नेपालमा नै रहेका थिए । यसपटक प्रशिक्षक कालिनले कप्तान विराज महर्जन, भरत खवास लगायत खेलाडीलाई प्रशिक्षणमा नै समावेश गरेका थिएनन् ।
नेपालले असोज २३ मा अष्ट्रेलियासँग खेलेपछि चौथो तथा अन्तिम अवे खेलमा असोज २८ गते जोर्डनको सामना गर्नेछ । जोर्डनविरुद्ध खेलका लागि पनि सम्भवत यहि नै अन्तिम टोली हुनेछ । टोली अष्ट्रेलियाबाट नै जोर्डन प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नेपाली टोली बुधबार अष्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम छ । टोलीले एक साता सिड्नीमा रहेर प्रशिक्षण गर्नेछ । खेलको दुई दिनअघि मात्र टोली खेलस्थल क्यानबेरा प्रस्थान गर्नेछ । सिड्नीमा नेपाली टोलीको व्यवस्थापन अष्ट्रेलिया नेपाल फुटबल संघले गरेको छ ।
नेपालले छनोटको पहिलो खेलमा कुवेतसँग ७-० को लज्जास्पद हार बेहोरेपछि दोस्रो खेलमा ताइपेइलाई उसकै मैदानमा २-० ले पराजित गरेको थियो । उक्त खेलमा नेपालका लागि दुवै गोल अन्जन विष्टले गरेका थिए । नेपालले यी २ खेलपछि छनोटमा बाँकी रहेका चारै खेल घरेलु मैदानमा खेल्ने कार्यक्रम रहेको छ ।
नेपाली टोली :
गोलकिपर – किरण चेम्जोङ (कप्तान), विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्स – सरोज दाहाल, अजित भण्डारी, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्ड – रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
फरवार्ड – विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ
 क्रिकेट, फुटबल जस्ता कुनै पनि खेलको लागि बेट टिप्स लिनका बारे अधिक जान्नको लागि -https://stakenepal.com भ्रमण गर्नुहोस्।
क्रिकेट, फुटबल जस्ता कुनै पनि खेलको लागि बेट टिप्स लिनका बारे अधिक जान्नको लागि -https://stakenepal.com भ्रमण गर्नुहोस्।
दर्ता गरिएको छैन! ढिलो भएन, तपाईको पहिलो जम्मामा १००% बोनस (नेपाली पैसा) पाउनुहोस्।दर्ता गर्न प्रोमो कडे हाल्नु होस् र बोनस प्राप्त गर्नु होस्।
प्रोमो कोड:1x_82173 
दर्ता लिंक:  https://bit.ly/2lZ4Sdq
 
 


 
 
 
 
 
 
 
 
No comments:
Post a Comment