नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुरबाट ओमान जादैं छ। 
नेपाल गत असोज ८ गते जिम्बावे र सिंगापुरसँग त्रिकोणात्मक सिरिज खेल्न सिंगापुर गएको थियो । नेपाल जिम्बावेसँग ५ विकेट र ४० रनले पराजित हुँदा सिंगापुरलाई ९ विकेटले हराएको थियो । सिंगापुरसँगको दोस्रो खेल भने बुधबार वर्षाको कारण रद्द भएको थियो ।
ओमानमा असोज १८ देखि २३ गते सम्म पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी सिरिज हुने छ । जसमा नेपालले पहिलो खेल असोज १९ गते हङकङसँग खेल्ने छ । असोज २० गते नेदरल्यान्ड्ससँग खेल्ने छ । असोज २२ गते टेष्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ ।
नेपाली टोलीले असोज २३ गते आयोजक ओमानसँग खेल्ने छ । नेपाल बाहेक अन्य चार टोलीले यस सिरिजलाई अक्टोबर तेस्रो साता देखि युएईमा सुरु हुने आईसीसी ग्लोबल छनोट विश्वकप छनोटलाई तयारी स्वरुप लिएका छन् ।
नेपाल भने एक महिना अघि सिंगापुरमा सम्पन्न आईसीसी टि ट्वान्टी एसिया विश्वकप छनोटमा खराब प्रर्दशन गर्दै बाहिरिएको थियो । यो सिरिजलाई नेपाली टोलीले मंसिरमा घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी स्वरुप लिएको छ ।
क्रिकेट, फुटबल जस्ता कुनै पनि खेलको लागि बेट टिप्स लिनका बारे अधिक जान्नको लागि -https://stakenepal.com भ्रमण गर्नुहोस्।
दर्ता गरिएको छैन! ढिलो भएन, तपाईको पहिलो जम्मामा १००% बोनस (नेपाली पैसा) पाउनुहोस्।दर्ता गर्न प्रोमो कोड हाल्नु होस् र बोनस प्राप्त गर्नु होस्।
प्रोमो कोड:1x_82173 
दर्ता लिंक: https://bit.ly/2lZ4Sdq
 
 



 
 
 
 
 
 
 
 
No comments:
Post a Comment