Recent Reviews

Monday, 7 October 2019

साफ यू १५ खेल्न नेपाली टोली भुटानतर्फ

भुटानमा आयोजना हुने महिला साफ यू १५ च्याम्पियनसिपमा भाग लिने नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । च्याम्प्यिनसिप असोज २२ गते देखि २८ गते सम्म सन्चालन हुनेछ । ७ दिन सम्म चल्ने प्रतियोगितामा ४ देशको सहभागिता रहेको छ ।

नेपाल, आयोजक भुटान, बंगलादेश र भारतले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोविन लिग पछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले असोज २२ गते भारतसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । असोज २४ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले त्यसको दुई दिनपछि असोज २६ गते आयोजक टोलीको सामना गर्नेछ । फाइनल असोज २८ गते हुनेछ ।
नेपाली टोली
खेलाडी – मन्दिरा राई, पुष्पा गुरुङ, अमिषा कार्की, सुरक्षा सुखरिया, निकिता थोकर, मनमाया दमाई, ममता पुन, अनु राई, मनिषा राउत, कुमारी तामाङ, सुनकला राई, लिला जोशी, देब्या मगर, प्रतिक्षा चौधरी, मन्जुकुमारी खड्का, अष्मिता रानापाल, सुष्मा घर्तिमगर, सविना चौधरी, सावित्री किसन, पुजना थापा, प्रिति राई, सरु हमा र सरा बज्राचार्य ।
प्रशिक्षक टोली – राकेश श्रेष्ठ (मुख्य) , भगवती थापा (सहायक), मिनबहादुर बस्नेत (गोलकिपर प्रशिक्षक )



क्रिकेट, फुटबल जस्ता कुनै पनि खेलको लागि बेट टिप्स लिनका बारे अधिक जान्नको लागि -https://stakenepal.com भ्रमण गर्नुहोस्।
दर्ता गरिएको छैन! ढिलो भएन, तपाईको पहिलो जम्मामा १००% बोनस (नेपाली पैसा) पाउनुहोस्।दर्ता गर्न प्रोमो कोड हाल्नु होस् र बोनस प्राप्त गर्नु होस्।
प्रोमो कोड:1x_82173 
दर्ता लिंक: http://bit.ly/2o4cP2p

No comments:

Post a Comment

Pages